काठमाडौं । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा गरेसँगै ‘पूराना नेता हराऊ अभियान’ले व्यापक चर्चा पाएको छ । लामो समयदेखि सत्ताको वरपर रहेका नेताहरुलाई लक्षित गरेर सुरु गरिएको अभियानले बिहीबारदेखि नै व्यापकता पाएको छ ।
यो अभियानमा खासगरी ६ जना नेतालाई निशाना बनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, समाजवादीकै सम्मानित नेता झलनाथ खनाल र बाबुराम भट्टराईलाई हराउन उक्त अभियान केन्द्रित भएको देखिन्छ ।
अहिले सामाजिक सञ्जालमा नोनटअगेन ह्यासट्याग (#nonotagain) बाट यो अभियान भाइरल भइरहेको छ ।