काठमाडौं । एनएमबि क्यापिटल म्युचुअल फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामक म्युचुअल फण्ड निष्काशन गरेको हो।
क्यापिटलले कुल १२ हजार इकाई निष्काशन गरेको छ। निष्काशन गरेको कुल इकाईमध्ये १ करोड ६८ लाख इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबि बैंक तथा १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ। बाँकी रहेको १० करोड २० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
सो योजनाको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।


