काठमाडाैं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले आईपीओ जारी गर्ने भएको छ । आईपीओ जारी गर्नका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धकमा हिमालयन क्यापिटल नियुक्त गरेको हो ।
वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको जारी पुँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणहरुका लागि सार्वजनिक निष्काशन हेतु निष्कासन तथा बिक्रि प्रबन्धक सेवा सम्बन्धमा सम्झौता गरेको छ ।
सम्झौतामा धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्काशन कम्पनी नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कृषि क्षेत्रको आधुनिकीकरणका निम्ति समयानुकुल कृषि उपज भण्डारण सेवा प्रदान गर्दै राष्ट्रको दिर्घकालिन खाद्य सुरक्षामा योगदान हेतु अग्रसर रहेको श्री नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडमा नेपालको औद्योगिकीकरण र व्यापार प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउँदै आईरहेका प्रख्यात व्यवसायिक घरानाहरु र विभिन्न प्रतिष्ठित संगठित संस्थाहरुको लगानी रहेको छ ।
कम्पनीले प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टनका आधुनिक साइलोहरु मार्फत कृषकहरुलाई अन्न भण्डारणको सुबिधा प्रदान गर्नेछ । साथै कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सीङ्ग गर्न आवश्यक पूर्वाधार तयार गरी बैंक तथा वित्तीय संस्थाको समन्वयमा धितो बन्धक व्यवस्थापनको कार्य गर्नेछ ।


