images
images

सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने समय थपियो


  • 629
    SHARES
  • २०७९ भाद्र १९ गते आइतबार

    सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने समय थपियो

    काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने समय थप गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि सो आईपीओ निष्काशन गरेको थियो अब सो आईपीओमा असोज ४ गतेसम्म आवेदन दिन सकिनेछ।

    कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको ३६ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको छ। सो शेयरमा अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे, प्रभावित वर्ग आयेजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

    निष्काशन गरिएको कुल शेयरमध्ये अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र, सामान्य प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.२५ः३ः१.५ः१ अनुपातमा बाँडफाँट गरिने भएको छ। 

    सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ७ सय कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेका छन्।


    images

    Logo