images
images

पिपुल्स हाइड्रोपावरको आईपीओ आजदेखि, १ लाख कित्तासम्म आवेदन दिन सकिने


  • 620
    SHARES
  • २०७९ भाद्र ३१ गते शुक्रबार

    पिपुल्स हाइड्रोपावरको आईपीओ आजदेखि, १ लाख कित्तासम्म आवेदन दिन सकिने

    काठमाडौं । पिपुल्स हाइड्रोपावरको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले कुल ३२ लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ। जसमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं.६ र ७ का स्थानिय बासिन्दाहरुका लागि ९ लाख ६० हजार कित्ता र लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाका लागि २२ लाख ४० हजार कित्ता शेयर छुट्याइएको छ । 

    उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यस्तो निष्काशन बन्द छिटोमा असोज १४ गते हुनेछ भने ढिलोमा असोज ३० गते हुनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । 

    लगानीकर्ताले ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्डर, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।


    images

    Logo