images
images

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 593
    SHARES
  • २०७९ आश्विन २ गते आइतबार

    सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि कुल ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको छ। जसमध्ये ३४ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५७ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरि बाँकी रहेको १० लाख ५८ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    उक्त आईपीओमा न्यूनतम १० कित्ता देखिअधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।


    images

    Logo