images
images

इन्धन लागत ३४% बढ्दा पनि १३% ले घट्यो आयात, निर्यातमा निराशा कायमै


  • 421
    SHARES
  • २०७९ आश्विन ९ गते आइतबार

    इन्धन लागत ३४% बढ्दा पनि १३% ले घट्यो आयात, निर्यातमा निराशा कायमै

    काठमाडौं । भदौ महिनासम्म नेपालमा हुने वस्तु तथा सेवाको आयात १३ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा २ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ । अघिल्लो वर्षको भदौसम्म यस्तो आयात ३ खर्ब १४ अर्ब रुपैयाँ थियो । 

    यो वर्ष आयात घट्नुमा धेरै हिस्सा ओगट्ने वस्तु तथा सेवाको आयातमा भएको कमीलाई प्रमुख मानिएको छ । यो अवधिमा आइरन तथा स्टिल, घ्यु तथा तेलजन्य पदार्थ, मोबाइल फोन, मेसिनरी सामान, प्लाष्टिकका सामान, सवारी साधन, गेडागुडी, तरकारी, फलफूल लगायतको आयातमा उल्लेख्य रुपमा कमी आएको छ । यसका बाबजुद इन्धन, औषधि तथा रासायनिक मलको आयात भने यो अवधिमा बढेको देखिएको छ । 

    यो अवधिमा पेट्रोल, डिजेलको आयातको परिमाण घटेको छ । तर, अघिल्लो वर्षको तुलनामा मूल्यमा भएको वृद्धिले आयातको कुल रकम बढ्दा कुल आयातमा वृद्धि देखिएको हो । औषधि र रासायनिक मलको भने यो वर्ष परिमाण आयात नै बढेको छ । 

    आयातमा गिरावटका कारण उत्साहित अवस्था देखिए पनि निर्यातको अवस्था भने झनै खस्किएको छ । यो वर्ष कुल निर्यात अघिल्लो वर्षभन्दा ३४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको भदौसम्म ४४ अर्ब रुपैयाँको वस्तुहरु निर्यात भएकोमा यो वर्ष यस्तो निर्यात २८ अर्बमा सीमित भएको हो । 

    यो वर्ष नेपालबाट निर्यात हुने पश्मिना, सोयाविन आयल जस्ता मुख्य मुख्य वस्तुहरुको निर्यात घट्दा कुल निर्यातमा ठूलो धक्का लागेको हो । 


    images

    Logo