images
images

ब्याजदरमा हस्तक्षेप गर्न ताते अर्थमन्त्री, सहसचिवको नेतृत्वमा समिति गठन


  • 408
    SHARES
  • २०७९ आश्विन ९ गते आइतबार

    ब्याजदरमा हस्तक्षेप गर्न ताते अर्थमन्त्री, सहसचिवको नेतृत्वमा समिति गठन

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरमाथि हस्तक्षेप गर्न अर्थमन्त्री जनार्दन शर्मा अग्रसर देखिएका छन् । ब्यजदर धेरै हुँदा अर्थतन्त्रमा उत्पादकत्व ह्रास भएको धारणा राख्दै आएका शर्माले आइतबार योजना आयोग, मन्त्रालय, राष्ट्र बैंक, बैंकर्स संघ तथा उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुलाई राखेर छलफल गरेका हुन् । 

    आजको छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल लगायतको सहभागिता थियो । 

    शर्माले मुलुकको अर्थतन्त्रमा देखिएको चापलाई सबै मिलेर समाधान गर्नुपर्ने धारणा बताउँदै यो एउटा निकायको मात्रै समस्या नभएकोसबै पक्ष बसेर छलफल गरी समाधानको उपाय निकाल्नुपर्ने बताए । छलफलपछि मन्त्रालयले आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख बाबुराम सदुवेदीको संयोजकत्वमा एउटा समिति गठन समेत गरेको छ । सो समितिलाई ब्याजदर घटाउनेबारे अध्ययन गरेर ७ दिनभित्र सुझाव दिन भनिएको छ । 

    समितिमा प्रधानमन्त्री कार्यालय, उद्योग मन्त्रालय, योजना आयोग, राष्ट्र बैंकका १÷१ जना बैंकर्स संघका २ जना र निजी क्षेत्रका ३ जनाको प्रतिनिधित्व गराइएको अर्थमन्त्रीका सनसम्पर्क सल्लाहकार मनऋषि धितालले जानकारी दिए ।


    images

    Logo