images
images

काठमाडौंमा आज दिउँसो मेघगर्जनसहित वर्षाको सम्भावना 


  • 816
    SHARES
  • २०७८ जेठ २८ गते शुक्रबार

    काठमाडौंमा आज दिउँसो मेघगर्जनसहित वर्षाको सम्भावना 

    काठमाडौं । काठमाडौंमा आज दिउँसो मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    काठमाडौंको आजको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म रहने छ ।

    बंगालको खाडी आसपास विकसित हुने क्रममा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भू–भागबाट मनसुनको आगमन हुने क्रममा रहेको मौसमविद्को भनाइ छ ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै  स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

    मौसमविद्का अनुसार प्रदेश १, वाग्मती प्रदेश, लुम्विनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

     

     


    images

    Logo