काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पोखरेल नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको राजीनामापछि कायम मुकायमको जिम्मेवारीमा रहेका पोखरेललाई बिहीबार बसेको सञ्चालक समितिको बैठकले पूर्णकालीन सीईओको रुपमा नियुक्त गरेको हो ।
नवनियुक्त सीईओ पोखरेल बैंकमा डेपुटी सीईओ थिए । करिब ३० वर्षको बैंकिङ अनुभव भएका उनीसँग उनी एनआईशी एशिया कैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक तथा म्यानमारको युनाइटेड अमरा र एजीडी बैंकमा काम गरेको अनुभव छ ।