images
images

भारतद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग 


  • 627
    SHARES
  • २०७८ जेठ २८ गते शुक्रबार

    भारतद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग 

    काठमाडौं । कोभिड–१९ सङ्क्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा भारतले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । 

    प्रधानसेनापति पूर्णचन्द्र थापालाई  सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय सेनाद्वारा सहयोगस्वरुप उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    निर्देशनालयका अनुसार नेपाली सेनालाई भेन्टिलेटर, आइसियु श्यया, पिपिई सेट र एम्बुलेन्सलगायतका स्वास्थ्य सामग्री प्राप्त भएको छ । 

    सो अवसरमा प्रधानसेनापति थापाले  राजदूत क्वात्रालाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।


    images

    Logo