images
images

अन्तर्राष्ट्रिय बालश्रम दिवस

२१ औं शताब्दीमै पहिलोपटक बढ्यो बालश्रम, १६ करोड बालबालिका कठोर श्रममा

बालश्रम निवारणमा नेपालको उल्लेख्य प्रगति


  • 651
    SHARES
  • २०७८ जेठ २९ गते शनिबार

    २१ औं शताब्दीमै पहिलोपटक बढ्यो बालश्रम, १६ करोड बालबालिका कठोर श्रममा

    काठमाडौं । कोरोनाभाइरस महामारीका कारण सन् २०२० मा बालश्रम गर्नेको संख्या बढेको छ । २१ औं शताब्दी सुरु भएपछिकै पहिलोपटक सो वर्ष बालश्रम बढेको हो । पछिल्लो वर्ष मात्रै काम गर्ने उमेर नपुगेका १० औं लाख बालबालिका कठोर श्रम गर्नुपर्ने अवस्थामा पुगेको आईएलओ र युनिसेफको संयुक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । योसँगै हाल यस्तो श्रम गर्ने उमेर समूहको जनसंख्या १६ करोड पुुगेको जनाइएको छ । 

    प्रतिवेदनका अनुसार सन् २००० देखि २०१६ सम्म बाल श्रमिकको संख्यामा ९ करोड ४० लाखले कमी आएको थियो । अहिलेको परिस्थितिमा यो सकारात्मक अवस्था उल्टिनसक्ने चेतावनी प्रतिवेदनमा दिइएको छ । 

    प्रतिवेदन अनुसार कुल बाल श्रमिकमध्ये हाल विश्वभरि रहेका बाल श्रमिकमध्ये ५ देखि ११ वर्ष बीचको उमेर समुहका बाल श्रमिकको संख्यामा करिब आधा पुगेको उल्लेख गरिएको छ । नेपाल स्थित अन्तर्राष्ट्रिय श्रम संगठनको देशीय
    कार्यालयका निर्देशक रिचर्ड हावर्ड बालश्रमविरुद्व सरकार, सामाजिक साझेदारहरू तथा नागरिक समाजको प्रतिवद्वता बढे पनि श्रमिकको संख्या अझै पनि विकराल रहेको बताउँछन् । । उनका अनुसार वर्तमान बालश्रमको अवस्थाले समाजमा गरिबी बढाउनुका साथै आर्थिक वृद्वि एवं समतामुलक विकासलाई सीमित गराउँछ।

    प्रतिवेदनले महामारीको असर स्वरूप २०२२ को अन्त्यसम्ममा थप ९० लाख बालबालिका बाल श्रममा धकेलिने जोखिममा रहेको औंल्याएको छ।  सामाजिक सुरक्षामा पहुँच नपुगेको अवस्थामा उक्त संख्या ४ करोड ६० लाखसम्म पुग्नसक्ने अध्ययनले देखाएको छ। पछिल्लो समय एशिया प्रशान्त क्षेत्रमा बालश्रम उन्मुलनमा उल्लेख्य प्रगति भए पनि यो परिस्थितिले यसलाई समेत निरर्थक बनाउने अध्ययनको निष्कर्ष छ । 

    नेपालमा भने हाल बालश्रम घट्दो क्रममै देखिएको छ । बालश्रम प्रतिवेदनले सन् २००८ मा १६ लाख बाट २०१८ मा आइपुग्दा ११ लाखमा झरेको उल्लेख गरेको छ। सोही अवधिमा खतरापूर्ण क्षेत्रमा श्रम गर्ने बालबालिकाको संख्या ६ लाख २० हजारबाट २ लाख २० हजारमा झरेको देखिएको छ।   


    images

    Logo