काठमाडौं । धरानमा पुराना दलप्रतिको अरुचि प्रतिनिधिसभा निर्वाचनमा समेत देखिएको छ । सुनसरी १ अन्तर्गत पर्ने सो क्षेत्रमा उम्मेदवारी दिएका माओवादी र जनता समाजवादीका उम्मेदवार निकै पछि परेका छन् । यसको सट्टामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाउँदा राप्रपा दोस्रो स्थानमा छ ।
सो क्षेत्रमा रास्वपाबाट उम्मेदवारी दिएकी गोमा तामाङले ९७३ मत ल्याउँदा राप्रपाका उम्मेदवारले ९५१ मत ल्याएका छन् । अर्का स्वतन्त्र उम्मेदवार मनोज कुमार मेयाङ्बोले ९१० मत ल्याएका छन् भने चौथो स्थानमा रहेका जसपाका अशोक राईले ८७५ मत मात्रै ल्याएका छन् ।
यो क्षेत्रमा काँग्रेस र एमालेका उम्मेदवार भने छैनन् । काँग्रेसले माओवादीलाई र एमालेले जसपालाई समर्थन गरेको छ ।