images
images

नेपालको वन पैदावारमा कर्जा लगानी गर्न विश्व बैकको ऋण सहयोग


  • 1.1K
    SHARES
  • २०७८ आषाढ २ गते बुधबार

    नेपालको वन पैदावारमा कर्जा लगानी गर्न विश्व बैकको ऋण सहयोग

    काठमाडौं । वन पैदावार सम्बन्धी व्यवसाय गर्ने उद्यमीलाई ऋण उपलब्ध गराउन विश्व बैंकले कृषि विकास बैंकलाई ७० करोड २० लाख ( ६० लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ । 

    सरकारले कृषि विकास बैंकलाई विश्व बैंकले रणनैतिक जलवायु कोष अन्तर्गत ‘समृद्धिका लागि वन परियोजना’ सञ्चालन गर्न उक्त ऋण सहयोग उपलब्ध गराउने सम्झौता गरेको हो । 

    विश्व बैंक र नेपाल सरकारबीच २०७७ चैत ६ गते २ अर्ब ९ करोड ( १ करोड ७९ लाख अमेरिकी डलर) ऋण उपलब्ध गराउने सम्झौता भएको थियो । सो ऋणमध्ये ७० करोड २० लाख रुपैयाँ मावन तथा वन पैदावर सम्बन्धी व्यवसाय गर्ने उद्यमी र वित्तीय संस्थालाई कर्जा लगानी उपलब्ध गराउन विनियोजन भएको हो । 

    आज असार २ गते बुधबार नेपाल सरकार र कृषि विकास बैंकबीच उक्त ऋणपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झैेतापत्रमा कृषि विकास बैंक प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र नेपाल सरकार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख बाबुराम सुवेदीबीच सम्झौता भएको हो । 

    सरकारले उक्त ऋण विश्व बैंकको सहयोगमा कृषि विकास बैंकलाई उपलब्ध गराएको हो । सोही सम्झौताबमोजिम नेपाल सरकारले कृषि विकास बैंकलाई सो रकम उपलब्ध गराएको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए । उक्त ऋण मानव तथा वन पैदावर सम्वन्धी व्यवसाय गर्ने उद्यमी र वित्तीय संस्थालाई कर्जा लगानी गरिने उनले बताए । 

    उक्त कार्यक्रममा बैंकको तर्फबाट बैकका उपमहाप्रबन्धक प्रताप सुवेदी , विभागीय प्रमुख विना शर्मा र अर्थ मन्त्रालयका उपसचिव द्धय दिपक गौतम, ढाकाराम तिवारीको उपस्थिति रहेको थियो । 


    images

    Logo