images
images

५ महिनामा २० प्रतिशतले घट्यो आयात, व्यापार घाटा १८ प्रतिशतले


  • 394
    SHARES
  • २०७९ पौष ७ गते बिहीबार

    ५ महिनामा २० प्रतिशतले घट्यो आयात, व्यापार घाटा १८ प्रतिशतले

    काठमाडौं । आर्थिक वर्ष २०७९/८० को ५ महिनामा आयात २० प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार मंसिर महिननासम्ममा ६ खर्ब ६४ अर्ब ७४ करोड आयात भएको छ । गत वर्ष सोही समयमा नेपालले ८ खर्ब ३८ अर्ब ४० करोड बराबरको आयात गरेको थियो । जुन गतवष्र्षको तुलनामा २०.७१ प्रतिशतले कम हो । 

    सो अवधिमा नेपालको निर्यात पनि ३४.६१ प्रतिशतले घटेको छ । मंसिरसम्ममा नेपालले कुल ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँ बरराबरको निर्यात गरेको छ । यो गतवर्षको तुलनामा ३४.६१ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब २ अर्ब ९२ करोड बराबरको निर्यात गरेको थियो 

    विभागले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्षको ५ महिनामा  वैदेशिक व्यापार घाटा  ५ खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँ बरारबको रहेको छ । गत वर्षको सोही अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब ४८ करोडको व्यापार घाटा रहेको थियो । यो गतवर्षको तुलनामा १८.७७ प्रतिशत कम हो । 

    त्यस्तै, ५ महिनामा नेपालले ७ खर्ब ३२ अर्ब ५ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यो गत वर्षको तुलनामा २२.२३ प्रतिशतले घटेको छ ।  गत वर्षको सोही अवधिमा नेपालले ९ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।


    images

    Logo