काठमाडौँ । नेपाल बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिमा अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा दाहाल नियुक्त भएका हुन् ।
सञ्चालक केदारप्रसाद पनेरुको स्थानमा दाहाल मनोनयन भएका हुन् । दाहाललाई देशकै जेठो बैंकको सञ्चालकमा नियुक्त गरिएको हो ।