काठमाडौं । नेपाल टेलिकमको आज बिहानदेखि प्रिपेड र पोस्टपेड नेटवर्कमा फोन नलाग्ने समस्या समाधान भएको छ ।
टेलिकमको कोर सिस्टममा समस्या आएपछि बुधबार बिहानदेखि मोबाइल नम्बरमा फोन नलाग्ने समस्या थियो ।
जसकारण फोन नलाग्ने र म्यासेज पनि नजाने समस्याका कारण सेवाग्राहीहरु हैरान भएका थिए ।
नेटवर्कको एचएलआर प्रणालीमा समस्या आएको र अहिले समाधान भएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।


