काठमाडौं । चालु आर्थिक बर्षको माघमहिनासम्मा आयात र निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार आयात १९ प्रतिशतले घटेको छ ।
विभागका अनुसार माघमहिनासम्ममा नेपालले ९ खर्ब १९ अर्ब रुपैयाँ बराबराबको आयात गरेको छ भने निर्यात ९३ अर्ब ४३ करोडमा सिमित भएको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा आयात ११ खर्ब ४७ अर्ब रुपैयाँ भएको थियो भने निर्यात १ खर्ब ३१ अर्ब रुपैयाँ निर्यात भएको थियो ।
विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालको वैदेशिक व्यापार घाटामा १८.७१ प्रतिशतले कमी आएको आएको छ । अहिले व्यापार घाटा ८ खर्ब २५ अर्ब छ जुन अघिल्लो वर्ष सोही अवधिका १० खर्ब १५ अर्ब रुपैयाँ थियो । तर गत वर्षको सोही अवधिको आयात निर्यात अनुपात १२.८८ प्रतिशतले बढेको छ ।