काठमाडौं । मंगलबार क्यानडाको तापक्रम अधिकतम ४९.६ डिग्री सेल्सियममा पुगेको छ ।
यो हालसम्मकै उच्च विन्दुमा पुगेको हो । उच्च तापक्रम तथा तातो हावाका कारण अहिले सम्म १३० जनाभन्दा बढीको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।
जसमा बढी वृद्ध मानिसहरु रहेको पाइएको छ ।
बीबीसीका अनुसार अमेरिकाको क्यालिफोर्नियाबाट आर्कटिक क्षेत्रतर्फ बहेको उच्च चापसहितको तातो हावाको कारण क्यानडाको पश्चिमी भाग र अमेरिकामा गर्मी बढेको हो ।
अहिले समुद्री किनार क्षेत्रमा भने तापक्रम घटिरहेको छ तर भित्री क्षेत्रको अवस्था भने उस्तै छ ।
अधिकारीहरुले क्यानडाको केही क्षेत्रमा गर्मीको कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरेका छन् ।


