images
images

९ महिनामा १८ प्रतिशतले घट्यो आयात, व्यापार घाटा १० खर्ब ८३ अर्ब


  • 350
    SHARES
  • २०८० बैशाख ६ गते बुधबार

    ९ महिनामा १८ प्रतिशतले घट्यो आयात, व्यापार घाटा १० खर्ब ८३ अर्ब

    काठमाडौं । आर्थिक वर्ष २०७९/८० को ९ महिनामा आयात १८ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चैत महिननासम्ममा १२ खर्ब १ अर्ब ५० करोड  आयात भएको छ । गत वर्ष सोही समयमा नेपालले १४ खर्ब ६६ अर्ब ६२ करोड बराबरको आयात गरेको थियो । जुन गतवर्षको तुलनामा १८.०८ प्रतिशतले कम हो ।

    सो अवधिमा नेपालको निर्यात पनि २६.३४ प्रतिशतले घटेको छ । चैतसम्ममा नेपालले कुल १ खर्ब १८ अर्ब २७ करो रुपैयाँ बरराबरको निर्यात गरेको छ । यो गतवर्षको तुलनामा २६.३४ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब ६० अर्ब ५७ करोड बराबरको निर्यात गरेको थियो  ।

    विभागले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्षको ९ महिनामा  वैदेशिक व्यापार घाटा  १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँ बरारबको रहेको छ । गत वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ६ अर्ब ८ करोड करोडको व्यापार घाटा व्यहोरेको थियो । यो गतवर्षको तुलनामा १७.०६ प्रतिशत कम हो । 

    त्यस्तै, सो अवधिमा नेपालले १३ खर्ब १९ अर्ब ७८ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यो गत वर्षको तुलनामा १८.८९ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा नेपालले १६ खर्ब २७ अर्ब २३ लाख ४९ रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।

    चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा भारतसँग मात्र नेपालले  छ खर्ब ७० अर्ब ७६ करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । अर्थात् यो अवधिमा नेपालले भारतबाट  सात खर्ब ५३ अर्ब ७५ करोड बराबरको वस्तु आयात गर्दा  ८२ अर्ब ९८ करोड ५३ लाख बराबरको निर्यात गरेको देखिएको हो ।
         
    अर्को छिमेकी मुलुक चीनसँग यही अवधिमा नेपालले एक खर्ब ६१ अर्ब ८१ करोड बराबरको व्यापार घाटा बेहोरेको छ । अर्थात् चैत मसान्तसम्ममा नेपालले चीनबाट एक खर्ब ६२ अर्ब ४४ करोड ८४ लाख बराबरको वस्तु आयात गर्दा ६३ करोड ६८ लाख बराबरको मात्रै निर्यात गरेको देखिएको हो ।

    संयुक्त अरब इमिरेट्स (युएई) पनि नेपालले बढी वैदेशिक व्यापार गर्ने मुलुकका रुपमा देखिएको छ । यो अवधिमा नेपालले युएईबाट २५ अर्ब ९१ करोड १२ लाख बराबरको वस्तु आयात गर्दा ४२ करोड ७० लाख बराबर मात्रै निर्यात गरेको छ । त्यस्तै चैत मसान्तसम्ममा नेपालले अमेरिकाबाट १४ अर्ब ४७ करोड ७५ लाख बराबरको वस्तु आयात गरेको छ भने १३ अर्ब ९० करोड ९५ लाख बराबरको निर्यात गरेको छ ।

    ९ महिना अवधिमा नेपालले सबैभन्दा धेरै एक खर्ब १२ अर्ब ४० करोड बराबरको डिजेल र  ४९ अर्ब ७४ करोड ७२ लाख बराबरको पेट्रोल आयात गरेको छ । ४४ अर्ब ८४ करोड बराबरको खाना पकाउने ग्यास आयात भएको छ । नेपालले बढी आयात गरेको वस्तुमा फलामजन्य वस्तु चौथो स्थानमा छ । चैत मसान्तसम्ममा ३० अर्ब ६३ करोड बराबरको फलामजन्य वस्तु आयात भएको छ । त्यस्तो अप्रशोधित तेल ३० अर्ब र अप्रशोधित पाम तेल रू २२ अर्ब बराबरको आयात भएको देखिन्छ ।

    चैत मसान्तसम्ममा नेपालले सबैभन्दा बढी निर्यात गरेको वस्तुमा पनि पामतेल र सोयाबिन तेल देखिन्छ । यो अवधिमा नौ अर्ब दुई करोड बराबरको पामतेल र  आठ अर्ब ४३ करोड बराबरको सोयाबिन तेल भारत निर्यात भएको छ । बढी निर्यात हुने वस्तुमा अलैँची तेस्रो नम्बरमा छ । यो अवधिसम्ममा नेपालले छ अर्ब ३३ करोड बराबरको अलैँची निर्यात गरेको छ ।


    images

    Logo