images
images

एकजनाको मात्र कमाइले परिवार पाल्ने भ्रम हटाउनुपर्छ : अञ्जन श्रेष्ठ


  • 395
    SHARES
  • २०८० बैशाख १५ गते शुक्रबार

    एकजनाको मात्र कमाइले परिवार पाल्ने भ्रम हटाउनुपर्छ : अञ्जन श्रेष्ठ

    काठमाडौं । नेपाल उद्योग व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले एक जनाको मात्र कमाइले परिवार चलाउनुपर्छ भन्ने भ्रम हटाउनपर्ने बताएका छन् । शुक्रबार महासंघको रोजगारदाता परिषद्ले आयोजना गरेको न्यूनतम पारिश्रमिक निर्धारणसम्बन्धी रोजगारदाताको आधारपत्रबारे छलफल कार्यक्रममा उनले कम्तीमा दुई जनाले कमाउँछन् भन्ने आधारमा पारिश्रमिक निर्धारण हुनुपर्ने बताएका हुन् । 

    श्रम ऐन २०७४ ले नेपालमा प्रत्येक दुई/दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने व्यवस्था गरेको छ । त्यसैका लागि उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आइएलओको सहयोगमा विज्ञमार्फत् आधारपत्र तयार गरेको थियो । उक्त कार्यक्रममा श्रेष्ठले उद्योग व्यवसायको अवस्था, अर्थतन्त्र तथा उत्पादकत्व समेतलाई ख्याल गरेर न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने बारे बताए । 

    कार्यक्रममा महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डन्डुराज घिमिरे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव विमल प्रसाद बराल, आइएलओ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत सलोमन राजवंशी लगायतको उपस्थिति रहेको थियो । 

    कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले न्यूनतम पारिश्रमिक निर्धारण गर्दा निजी क्षेत्रको सक्षमता र उद्यमशीलता, देशको आर्थिक अवस्था, अर्थतन्त्रको वृद्धिदर र उत्पादकत्व समेतलाई ख्याल गर्नुपर्ने धारणा राखिन् । 

    सहसचिव घिमिरेले न्यूनतम पारिश्रमिक निर्धारण गर्दा सवैलाई न्याय हुने ढंगबाट गरिनुपर्ने सुुझाव दिए । त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव बरालले आधारपत्रमा उल्लेख गरिएको भूगोल र आर्थिक गतिविधि अनुसार फरक न्यूनतम आय निर्धारण गर्ने कुरा जायज रहेको बताए । 

     


    images

    Logo