images
images

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा बिक्री हुंदैछ ?


  • 140
    SHARES
  • २०८३ आषाढ २१ गते आइतबार

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा बिक्री हुंदैछ ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० र चाँदी १० ले घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६०५ कायम भएको छ ।

    गत शुक्रबार छापावाल सुुन प्रतितोला दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातु चार हजार ६१५ मा कारोबार भएको थियो । गत बिहीबार छापावाल सुुन प्रतितोला दुई लाख ८३ हजार ५०० र चाँदी चार हजार ४५० मा किनबेच भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७४ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 




    images

    Logo