images
images

मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले घटायो बैंकदर


  • 660
    SHARES
  • २०८० बैशाख २९ गते शुक्रबार

    मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले घटायो बैंकदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्यमान बैंक दरलाइ घटाएको छ । शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा गर्दै बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाएको हो । 

    यस अघि बैंकदर ८.५ प्रतिशत रहेकोमा अब सो दररलाई १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशतमा झारेको छ । साथै, ब्याजदर करिडोरअन्र्तगतका अन्य दरहरुलाई भने यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ । 

    राष्ट्र बैंकले ८.५ प्रतिशतको बैंकदरमा उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अद्र्धवार्षिक समीक्षादेखि नीतिगत दर ७ प्रतिशतमा उपलव्ध गराउने व्यवस्था गरेको छ । जसअनुसार, अन्तरबैंक ब्याजदरमा १.५ प्रतिशत बिन्दुले कमीे आएको हो । दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थालाई भने राष्ट्र बैंकले निरन्तरता दिएको छ । 


    images

    Logo