images
images

अतिरिक्त हुलाक कार्यालयलाई खारेज गरिने


  • 439
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    अतिरिक्त हुलाक कार्यालयलाई खारेज गरिने

    काठमाडौं । सरकारले अतिरिक्त हुलाक कार्यालयलाई खारेज गर्ने घोषणा गरेको छ ।

    सोमबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त घोषणा गरेका हुन् । 

    अर्थमन्त्री महतले अतिरिक्त हुलाक कार्यालयलाई खारेज गरि कार्यालयमा कार्यरत कर्मचारीलाई सुविधा सहित अवकास दिईने बताएका छन् ।  

    हाल सञ्चालनमा रहेका हुलाक बचत बैंकका खातालाई ‘क’ वर्गका सरकारी बैंकमा स्थानान्तरण गरी हुलाक विकास बैंक खारेज गरिने महतले बताए । हुलाक बचत बैंक बन्द गरेर हुलाक बचत बैंकमा जम्मा भएको रकम खातासहित बाणिज्य बैंकमा सारिने भएको छ।


    images

    Logo