काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।
वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ।
उक्त आवेदनमा इच्छुक नागरिकले असार ७ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । उक्त पदका लागि न्युनतम १२ पासदेखि स्नातकोत्तर गरेको हुनुपर्नेछ ।
