काठमाडौं । गुराँस लघुवित्तले ६ पदको लागि कर्मचारी माग गरेको छ । लघुवित्तले आज एक सुचना जारी गर्दै ६ पदको लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
लघुवित्तले सुपरभाइजर (शाखा प्रमुख), सुपरभाइजर प्रशिक्षार्थी, वरिष्ठ सहायक (शाखा प्रमुख), सहायक, कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थीको लागि केही संख्यामा कर्मचारी माग गरेको लघुवित्त जनाएको छ । सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले प्लस टु देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
उक्त पदको लागि इच्छुक व्यक्तिले सुचना जारी भएको १५ दिनभित्र आवेदन दिनुर्पेन लघुवित्तले जनाएको छ ।
