images
images

कोशी प्रदेशले ल्यायो ३६ अर्ब २४ करोडको बजेट


  • 424
    SHARES
  • २०८० जेठ ३२ गते बिहीबार

    कोशी प्रदेशले ल्यायो ३६ अर्ब २४ करोडको बजेट

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्ष २०८०र८१ को आय–व्ययको सार्वजनिक गर्नुभएको छ । आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले मन्त्रालयको सभाहलमा अध्यादेशबाट ल्याएको बजेट सार्वजनिक गरे ।

    आगामी आवको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न ३६ अर्ब २४ करोड ३५ लाख १० हजार विनियोजन भएको छ । कुल विनियोजनमध्ये चालु खर्च  १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगत खर्च १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार, वित्तीय व्यवस्थातर्फ एक करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ६० करोड २९ लाख ९२ हजार रहेको छ । चालु खर्चमध्येमा सङ्घीय अनुदान बचत फिर्तातर्फ दुई अर्ब रहेको छ ।

    सार्वजनिक भएको बजेटमा आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट चार अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँटबाट  ११ अर्ब ६४ करोड ८१ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट  आठ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट  पाँच अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदानबाट रु ७३ करोड र विशेष अनुदानबाट  ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरण गरी जम्मा  ३२ अर्ब ३४ करोड २९ लाख ५० हजार खर्च व्यहोर्ने जनाइएको छ । 

    बाँकी अपुग रकम नगद मौज्दातबाट तीन अर्ब ७५ करोड एक लाख तथा वैदेशिक अनुदानबाट १५ करोड चार लाख ६० हजार व्यहोर्ने सार्वजनिक बजेटमा उल्लेख छ ।


    images

    Logo