काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई उपाध्यक्ष नियुक्त गरेको हो ।
बैठकले रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको छ । रामकुमार फुँयाललाई यसअघि केपी ओली नेतृत्वको सरकारले निरन्तरता दिएको थिएन । तर ओली सरकार ढलेर शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि उनले फेरि निरन्तरता पाएका हुन् ।