काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले पदबहाली गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग शपथ लिएसँगै पौडेलले बिहीबार पद बहाली गरेका हुन् ।
आयोगको कार्यालय सिंहदरबारमा पद बहाली गर्दै उनले आफ्नो ध्यान कोरोना र बाढी पहिरोको प्रभाव न्यूनीकरणमा रहेको बताए । उनले आयोग र यससँग सम्बन्धित निकायलाई सुदृढ बनाउन प्रयास गर्ने समेत उल्लेख गरे ।