चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो महिना अथात् साउनमा मूख्यरूपमा प्रभाव पार्ने पेट्रोलियम पदार्थ नै प्रमुख आयात हुने वस्तुमा परेको छ । भन्सार विभागको तथ्याङ्कानुसार एक महिनामा सात अर्ब ३४ करोड ७१ लाख २५ हजार बराबरको डिजेल आयात भएको छ । यो आयातमध्यकै बढी हो । त्यस्तै यस अवधिमा पाँच अर्ब ४४ करोड ७० लाख ७६ हजारको पेट्रोल आयात भएको तथ्याङ्कमा उल्लेख छ ।
निर्यातमा सबैभन्दा बढी अलैँची
नेपालबाट निर्यात भएको वस्तुमध्ये गत एक पहिनामा अलैँची सबैभन्दा धेरै देखिएको छ । विभागका अनुसार नेपालबाट रु ९६ करोड ४६ लाख छ हजारको अलैँची निर्यात भएको छ । त्यस्तै चालु आवको पहिलो महिनामा ९५ करोड ६६ लाख ३९ हजार बराबरको उनीको गलैँचा तथा कार्पेट निर्यात भएको विभागको तथ्याङ्क छ ।
एक खर्ब १५ अर्बको व्यापार घाटा
साउनमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको आयात भएको छ भने १३ अर्ब ५२ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । विभागका अनुसार चालु आवको पहिलो महिनामा मुलुकको व्यापार घाटा शून्य दशमलव ६६ प्रतिशतले घटेर एक खर्ब १५ अर्ब ७१ करोड तीन लाख १५ हजार कायम भएको छ । गत आवको पहिलो महिनामा व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार थियो ।


