काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ । आइतबार दुबै डब्लयुटीआई र ब्रेन्ट बजारमा कच्चा तेल वृद्धि भएको छ । डब्लयुटीआई कच्चा तेल प्रति ब्यारेल ८७.५१ अमेरिकी डलर छ, जबकि ब्रेन्ट कच्चा तेल प्रति ब्यारेल ९०.६५ डलर पुगेको छ।
नेपालले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट तेल खरिद गर्दै आएको छ । आईओसीले ब्रेन्ट क्रुडको मूल्यका आधारमा प्रत्येक १५ दिनमा नेपाल आयल निगमका लागि नयाँ मूल्य पठाउँदै आएको छ ।
निगमले अहिले स्वचालित मूल्य प्रणाली लागु गरेको छ जसअनुसार तेलको मूल्य आईओसीले पठाएको मूल्य अनुसार घटबढ हुनेछ । अबको ५ दिनपछि फेरि बजारमा पेट्रैलियम पदार्थको मूल्य बढ्नसक्ने देखिन्छ ।