images
images

खाडीपछि अब अस्ट्रेलिया प्रवेशमा समेत कडाइ


  • 518
    SHARES
  • २०७८ श्रावण २२ गते शुक्रबार

    खाडीपछि अब अस्ट्रेलिया प्रवेशमा समेत कडाइ

    काठमाडौं । कोरोनाभाइरसबाट सङ्क्रमित हुने वृद्धि भएपछि अष्ट्रेलियाले सीमा प्रवेशमा कडाइ गरेको छ । पूर्वसूचना बिना नै सरकारले अष्ट्रेलिया छोडन नहुने आदेश जारी गरेको छ । यसप्रकारको आदेश यसअघि अष्ट्रेलियाली नागरिकमा लागू भएको थिएन । 

    विदेशबाट फर्किनेको हकमा बाध्यतावश फर्किनुपरेको कारण देखाउनुपर्नेछ । सरकारले जारी गरेको यसप्रकारको मापदण्डलाई अधिकांश अष्ट्रेलियालीले अप्रत्याशित निर्णयको रुपमा लिएका छन् ।

    अगष्ट ११ देखि लागू हुनेगरी गरिएको व्यवस्थामा अष्ट्रेलियाबाट बाहिर प्रस्थान गर्दा यात्राका लागि छुटको निवेदन दिनुपर्नेछ । ११ अगष्ट पछि विदेशबाट अष्ट्रेलिया आइपुगे परिवारलाई जरिवाना लगाइने बताइएको छ । 

    गएको एक वर्षमा सबैभन्दा बढी सङ्क्रमणबाट प्रभाबित अष्ट्रेलियाले जोखिम न्यूनिकरणका लागि उक्त आदेश लक्षित रहेको सरकारको दाबी छ ।

    अष्ट्रेलियाली सरकारले कम्तिमा ८० प्रतिशतलाई खोप नलगाइञ्जेल प्रबेशमा लगाइएको प्रतिबन्ध पूर्ण रुपमा नखुल्ने जनाएको छ । हालसम्म अष्ट्रेलियाले मात्र १९ प्रतिशत जनसंख्यालाई खोप लगाएको छ । शुक्रबार अष्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा २९१ नयाँ सङ्क्रमितको पहिचान गरिएको छ ।


    images

    Logo