images
images

नेपालको अर्थतन्त्र लयमा ल्याउन बैंकिङ क्षेत्रको अतुलनीय योगदान छ : गभर्नर अधिकारी


  • 452
    SHARES
  • २०८० कार्तिक २३ गते बिहीबार

    नेपालको अर्थतन्त्र लयमा ल्याउन बैंकिङ क्षेत्रको अतुलनीय योगदान छ : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल देशको अर्थतन्त्र लयमा फर्किनुको मुख्य कारण बैंकिङ क्षेत्र र राष्ट्र बैंकको नीति रहेको बताएका छन् । काठमाडौँमा आयोजित ३९औँ एशियन बैंकर्स एशोसिएसनको जनरल मिटिङ एण्ड कन्फरेन्स्लाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

    उनले कोरोना महामारीबाट शिथिल भएको देशको अर्थतन्त्र हाल ‘रिकभर’ भएको दाबीसमेत गरेका छन् ।

    सोही क्रममा गभर्नर अधिकारीले व्यापाररव्यवसाय ठप्पप्राय रहेको परिस्थितिमा पनि बैंकिङ क्षेत्रको सहयोग र राष्ट्र बैंकको नीतिका कारण हाल अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका हुन् । साथै, गभर्नर अधिकारीले नेपालको बैंकिङ प्रणालीले सबै संकटहरुको समाधान गर्दै आएकोले नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेकोसमेत दाबी गरेका छन् ।

    त्यस्तै, उनले पछिल्लो समय मुद्रास्फिति बढिरहेको र विभिन्न देशहरुले महँगी तथा मन्दीको सामना गरिरहेकोले विश्व बजारका बैंकिङ क्षेत्रमा चुनौति रहेको पनि औँल्याएका छन् ।


    images

    Logo