काठमाडौं । काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयन पत्र वितरण सर्वेक्षणका लागि २३० जना कर्मचारी माग गरेको छ । शनिबार एक सूचना जारी गर्दै करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको हो ।
महानरले करारमा २१ जना सुपरिवेक्षक र २०९ जना गणक माग गरेको हो । इच्छुकले २१ दिनभित्र दरखास्त दिनुपर्नेछ ।
सुपरीवेक्षणका लागि तथ्यांकशास्त्र, जनसंख्या, अर्थशास्त्र वा गणितमध्ये कुनै एक विषयमा कम्तिमा स्नातक गरेको हुनुपर्नेछ भने गणकका लागि पनि तिनै विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।
१८ वर्ष पुगेर ४० वर्ष ननाघेकाले दरखास्त दिनसक्नेछन् ।
