काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छोडेका छन् । तालीवानी लडाकुहरुले राजधानी काबुल शहर घेरेपछि सत्तासीन राष्ट्रपति र उपराष्ट्रपतिले देश छोडेका हुन् । रायटर्सका अनुसार उनीहरु ताजकिस्तान उडेका छन् ।
देश छोड्नुअघि राष्ट्रपतिले सुरक्षा परिषद्को बैठक बोलाएका थिए । बैठकले तालिवानलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने निर्णय गरेको थियो । सोसँगै उनीहरुदे देश छाडेका हुन् ।
शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने भएपछि तालिवान आज दिनभर काबुल शहरमा प्रवेश गरेन । राष्ट्रपति र उपराष्ट्रपतिले देश छोडेसँगै अब तालिवान लडाकुहरु काबुल शहरमा प्रवेश गर्न थालेका छन् ।
तालिवानले आफ्ना लडाकुहरुलाई हिंसा नमच्चाउन निर्देशन दिएको छ । उसले देश छोड्न चाहने विदेशी नागरिकलाई जान दिने तथा कसैलाई पनि प्रतिशोधपूर्ण व्यवहार गर्ने समेत जनाएको छ । साथै नागरिकको सम्पत्तिको सुरक्षाको जिम्मा समेत आफूहरुले लिने तालिवानले जनाएको छ । एजेन्सी


