काठमाडौँ । आइतबार तालिवानले अफगानिस्तानलाई नियन्त्रण गरेपछि नेटोले मान्यता नदिने घोषणा गरेको थियो । तर, विश्वकै दोस्रो शक्तिशालि देश चीन तालिवानसँग नरम रुपमा प्रस्तुत भएको छ ।
सोमबार चीनिँया विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले तालिवानले पहिले गरेका वाचाहरु पुरा गर्दै एक खुला र समावेशि इस्लामिक सरकार बनाउने आशा रहेको बताएका छन् ।
अफगानीस्तानको जनतालाई आफ्नो भविष्यको फैसलाको अधिकार रहेको भन्दै उनले तालिवानलाई अफगानिस्तानको भविष्यको फैशलाको अधिकार रहेको संकेत गरेका छन् ।
चीनले अफगानिस्तानको शान्ति स्थापना र पुनर्निर्माणको लागि रचनात्मक भुमिका निर्वाह गर्न चाहेको चुनियाङले बताएका छन् ।
अमेरिका लगायतका शक्ति राष्ट्रले आफ्ना कुटनितिक निकायका कर्मचारीहरुलाई देश फर्काइरहेको बेला चीनले उक्त अभिब्यक्ति दिएको हो ।



