images
images

ऋण काढेर वैदेशिक रोजगारीमा जाने नेपाली ८०%, ५० प्रतिशतले ऋण समेत तिर्न सक्दैनन्


  • 412
    SHARES
  • २०८० पौष ६ गते शुक्रबार

    ऋण काढेर वैदेशिक रोजगारीमा जाने नेपाली ८०%, ५० प्रतिशतले ऋण समेत तिर्न सक्दैनन्

    काठमाडौं । वैदेशिक रोजगारीमा जानेमध्ये ८० प्रतिशत नेपालीले ऋण काढेर जाने गरेका छन् । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी सोसल साइन्स बहामार्फत गरेको अध्ययनमा वैदेशिक रोजगारीमा जाने ७९.८ प्रतिशत नेपाली ऋण गरेर नै वैदेशिक रोजगारीमा जाने गरेको देखिएको हो । 

    ऋण काढेर नै जानेहरुमध्ये ५० प्रतिशतले नेपाल फर्केपछि समेत जाँदाको ऋण तिर्न सक्ने अवस्था समेत नबनेको उक्त अध्ययनले देखाएको छ । विदेशबाट फर्केपछि उनीहरुमाथि थप आर्थिक भार थपिएको अध्ययनले देखाएको छ । 

    उक्त अध्ययनले ७२ प्रतिशतले विदेशको कमाइ बचत गर्न नसकेको देखाएको छ । उनीहरूले आय आर्जन गरेको पुँजी नेपालमा लगानी गर्नका लागि पनि चुनौती देखिएको अध्ययनले देखाएको छ ।


    images

    Logo