images
images

पाँच महिनामा नेपाल भित्रियो १५ अर्बको रासायनिक मल


  • 431
    SHARES
  • २०८० पौष ८ गते आइतबार

    पाँच महिनामा नेपाल भित्रियो १५ अर्बको रासायनिक मल

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १५ अर्ब रुपैयाँ भन्दा बढीको रासायनिक मल भित्रिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको आयात निर्यातको विवरण अनुसार मंसिरसम्ममा नेपालमा १५ अर्ब १७ करोड ६२ लाख रुपैयाँ बराबरको रासायनिक मल आयात भएको हो ।

    चालु आर्थिक वर्षको पहिलो ५ महिनामा सो बराबरको रासायनिक मल आयात गरिएको भएतापनि निर्यात भने शून्य नै छ । आर्थिक वर्ष २०७९/८० को सो अवधिसम्म भने ६ लाख ५६ हजार रुपैयाँ बराबरको रासायनिक मल निर्यात गरिएको थियो । उक्त अवधिमा नेपालमा १५ अर्ब १६ करोड ५० लाख रुपैयाँ बराबरको रासायनिक मल आयात गरिएको थियो । 

    यस आर्थिक वर्षमा रासायनिक मल आयातका लागि सरकारले ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

    वर्षेनि आयातमा कठिनाइ हुने र आवस्यकता पर्ने समयमा मलको अभाव हुने स्थिति आएपछि सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्न योजना गरेको छ । उक्त योजनालाई सफल पार्न सरकारले विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी  डीआईएजी इन्डस्ट्रीज जर्मनीसँग सम्झौता समेत गरिसकेको छ । 


    images

    Logo