images
images

बिजुली काटिएपछि लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले निकाले पाँच/पाँच सय कर्मचारी


  • 612
    SHARES
  • २०८० पौष ११ गते बुधबार

    बिजुली काटिएपछि लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले निकाले पाँच/पाँच सय कर्मचारी

    काठमाडौं । लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले पाँच/पाँच सय कर्मचारी निकालेका छन् । विद्युत् प्राधिकरणले विद्युुत् आपूर्ति बन्द गराएपछि ती कम्पनीहरुले कामदार कटौती गरेका हुन् । 

    लाइन काटिएको अधिकांश उद्योगले कामदार कटौती गर्न थालेका छन् । लाइन काटिएपछि उद्योग पूर्ण बन्द भएको सर्वोत्तम सिमेन्टले जनाएको छ ।

    आइतबार लाइन काटिएको सूचना आएपछि सोमबार र मंगलबार डिजेलमार्फत अन्तिम चरणका सिमेन्टको उत्पादन पूरा गरेर बुधबारबाट पूर्ण रुपमा उत्पादन बन्द गरिएको छ । लक्ष्मी स्टिल र सर्वोत्तमले ५०० जना दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीलाई बिदा गरिसकेको छ । सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलमा १ हजार ५०० जना प्रत्यक्ष रोजगारीमा संलग्न रहेको छन् । 

    लक्ष्मीले ७४ करोड १० लाख र सर्वोत्तमले ६८ करोड ९० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । तर, यी उद्योगले भने आफूहरुले कुनै पनि रकम तिर्न बाँकी नरहेको दाबी गरेका छन् ।


    images

    Logo