images
images

कोरियामा पानीजहाज बनाउने कामका लागि लिइएको परीक्षामा ९८.३ प्रतिशत विद्यार्थी पास


  • 685
    SHARES
  • २०८० पौष १३ गते शुक्रबार

    कोरियामा पानीजहाज बनाउने कामका लागि लिइएको परीक्षामा ९८.३ प्रतिशत विद्यार्थी पास

    काठमाडौं । दक्षिण कोरियामा पानीजहाज बनाउने (सिप बिल्डिङ) कामका लागि दिइएको सिप परीक्षणको परीक्षामा तीन हजार ९८९ जना (९८.३ प्रतिशत) उत्तीर्ण भएका छन् । सिप बिल्डिङमा जानका लागि चार हजार ५४ जनाले परीक्षा दिएकामा सो सङ्ख्या उत्तीर्ण भएका हुुन् । 

    कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाकाका अनुसार यसभन्दा अघि एक हजार जना सिप बिल्डिङमा गइसकेका छन् । सिप बिल्डिङको रोस्टरमा अब ५० जना मात्रै बाँकी छन् । 

    सो शाखाका अनुसार उत्तीर्ण भएकाहरू पनि अब स्वास्थ्य परीक्षणपछि रोस्टरमा रहन्छन् र उनीहरू रोजगारदाताको छनोटपछि दक्षिण कोरिया जान पाउने छन् ।


    images

    Logo