images
images

पानीजहाज निर्माणमा परीक्षा दिएका सबैले आजदेखि उत्पादन क्षेत्रमा आवेदन दिन पाउने


  • 437
    SHARES
  • २०८० पौष १६ गते सोमबार

    पानीजहाज निर्माणमा परीक्षा दिएका सबैले आजदेखि उत्पादन क्षेत्रमा आवेदन दिन पाउने

    काठमाडौं । कोरियामा पानीजहाज निर्माण क्षेत्रमा भाषा परीक्षा दिइ बसेका सबैले आजदेखि उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले आजदेखि पर्सि १८ गतेसम्म फाराम भर्नको लागि आवेदन खुला गरेको हो ।

    उच्च अदालत पाटनले आवेदन फाराम भर्न रोक नलगाउन आदेश दिएपछि कोरियाको मानव संशाधन विभागबाट सकारात्मक प्रतिक्रिया आएको भन्दै विभागले गएको साउनमा पानीजहाज क्षेत्रमा भाषा परीक्षा दिएका आवेदकहरुले मात्रै फारम भर्न पाउने निर्णय गरेको हो ।

    यसअघि उच्च अदालतले रिट निवेदन दिने १८ जनाको हकमा फाराम भर्न आदेश दिएको र ईपीएस शाखाले त्यसैअनुसार १८ जनाको लागि मात्रै आवेदन खुलाएपछि अरु परीक्षार्थीले विरोध थिए ।

    शुक्रवार भएको विरोध प्रदर्शनको क्रममा ललितपुरको बालकुमारीमा दुुई युवाको ज्यान गएको थियो ।


    images

    Logo