काठमाडौं । मंगलबार भारतीय भन्दा चाइनिज प्याज २० रुपैयाँले सस्तो रहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार चाइनिज प्याजको अधिकतम मूल्य ६५ रुपैयाँ कायम हुँदा भारतीय प्याजको ८५ रुपैयाँ रहेको हो ।
भारतबाट प्याज आयातमा प्रतिबन्ध लगाएपछि बजार आकाशिएको प्याजको भाउ चाइनिज प्याज आएपछि निरन्तर घटिरहेको छ । पुस ६ गते औषत १३२ रुपैयाँ रहेको भारतीय प्याजको मूल्य चाइनिज प्याज आएपछि ७ गते नै किलोमा २५ रुपैयाँले घटेको थियो ।