images
images

सातामा हजार रुपैयाँले घट्यो सुनको मूल्य


  • 486
    SHARES
  • २०८० पौष २० गते शुक्रबार

    सातामा  हजार रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा पनि यो साता सुनको मूल्यमा कमी आएको छ । साताको पहिलो दिन आइतबार तोलाको १ लाख २० हजार ५०० रुपैयाँ रहेको सुन शुक्रबारसम्ममा १ लाख १९ हजार ५०० रुपैयाँ पुगेको हो । 

    यो साता विश्व बजारमा सुनको मुल्यमा कमी आएको छ । अमेरिकी डलरको विनिमय दरमा देखिएको मजबुतीका कारण मुल्यमा कमी आएको बिश्लेषकहरुको अनुमान छ । यद्यपी सन् २०२४ मा सुनको मुल्यले उच्च रेकर्ड कायम गर्ने प्रक्षेपण भने भैरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले त्यो अवस्था देखाएको विभिन्न रिसर्च हरुले उल्लेख गरेका छन् ।

    नेपाली बजारमा पनि यो साता सुनमा कमी आयो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख ३ हजार ३ सय १० रुपैयाँ रहेको सुनको मुल्य साताको तेस्रो दिन १ लाख ३ हजार ७ सय ४० सम्म पुग्यो । जुन साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार भने सामान्य घटेर १ लाख २ हजार ४ सय ५० कायम भयो । यो मुल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम ८ सय ६० रुपैयाँले कम हो ।

    यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि घटेको छ । साताको पहिलो दिन आइतबार १ हजार २ सय ४४ रुपैयाँ ५० पैसा रहेको चाँदीको मुल्य तेस्रो दिन १ हजार २ सय ५२ रुयैयाँमा कारोबार भएको थियो । जुन मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार २ सय १७ रुपैयाँ ५० पैसा कायम भयो ।


    images

    Logo