images
images

सातामा नौ सय रुपैयाँले घट्यो सुनको मूल्य


  • 550
    SHARES
  • २०८० पौष २७ गते शुक्रबार

    सातामा नौ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । यो साता विश्व बजारमा सुनको मुल्यमा कमी आएको छ । अमेरिकी डलरको विनिमय दरमा कमी आउन सक्ने बिश्लेषकहरुको आँकलनका कारण सुनको मुल्यमा कमी आएको अनुमान छ ।

    नेपाली बजारमा यो साता सुनको मुल्यमा कमी आएको छ । आइतबार प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार १ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको हो । 

    यस साता सोमबार देखि बिहीबार सम्म सुनको मूल्य निरन्तर घटेको थियो । आइतबार १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य सोमबार तोलामा ७ सय रुपैयाँले घटेर १ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यस्तै, मंगलबार, बुधबार र बिहीबार मूल्य क्रमशः २०० रुपैयाँ, १०० रुपैयाँ र १०० रुपैयाँले घटेर क्रमशः १ लाख १८ हजार ६ सय रुपैयाँ, १ लाख १८ हजार ५ सय रुपैयाँ र १ लाख १८ हजार ३ सय रुपैयाँ पुगेको थियो । अन्तिम दिन शुक्रबार भने सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको छ । 

    यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि घटेको छ । साताको पहिलो दिन आइतबार १ हजार २ सय १७ रुपैयाँ ५० पैसा रहेको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार २ सय कायम भयो ।


    images

    Logo