images
images

यस्तो छ पुससम्मको पेट्रोलियम पदार्थ आयातको अवस्था


  • 448
    SHARES
  • २०८० माघ ९ गते मंगलबार

    यस्तो छ पुससम्मको पेट्रोलियम पदार्थ आयातको अवस्था

    काठमाडौं । चालु आर्थिक वर्षको पुससम्ममा पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल र ग्यास) को आयात ४.५३ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा १ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो । उक्त आयात रकम यसपटक घटेर १ खर्ब २५ अर्ब रुपैयाँ पुगेको हो । 

    २०८०/८१ को पहिलो ६ महिनामा ६ लाख १८ हजार ३५६ किलोलिटर डिजेल आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिभन्दा बढी परिमाणमा भित्रिएपनि आयात मूल्य भने घटेको छ । २०७९/८० को पुससम्ममा ७० अर्ब १० करोड रुपैयाँको ५ लाख ५० हजार ८०२ किलोलिटर डिजेल आयात भएको थियो । 

    उक्त अवधिमा पेट्रोलको पनि परिमाण बढेको छ भने आयात मूल्य घटेको छ । गत आर्थिक वर्षको पुससम्ममा ३३ अर्ब ५३ करोड रुपैयाँ बराबर रकममा ३ लाख ३४ हजार ३१५ किलोलिटर पेट्रोल आयात भएको थियो । २०८०/८१ को पुससम्ममा ३३ अर्ब ९१ करोड रुपैयाँमा ३ लाख ३९ हजार ३१५ किलोलिटर आयात भएको छ । 

    त्यस्तै, एलपीजी ग्यासको पनि आयात परिमाण बढ्दा पनि आयात मूल्य घटेको छ । चालु आर्थिक वर्षको ६ महिनामा २५ करोड ६२ लाख ४० हजार किलोग्राम ग्यास २५ अर्ब ४५ करोड रुपैयाँ बराबर रकममा आयात भएको छ । गत आर्थिक वर्ष २८ अर्ब २० करोड रुपैयाँमा २४ करोड ७७ लाख ९० हजार किलोग्राम ग्यास आयात भएको थियो । 

    पेट्रोलियम पदार्थको आयात रकममा कमी आएतापनि आयात बापतको राजस्व भने ५.९९ प्रतिशतले बढेको छ । २०८०/८१ को पुस महिनासम्ममा ४९ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिमा ४६ अर्ब ६७ करोड रुपैयाँ थियो ।


    images

    Logo