काठमाडौं । जीवन विकास लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सुचना जारी गर्दै विभिन्न दुई पदको लागि आवेदन माग गरेको हो ।
कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी माग गरेको छ । यसका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसईई (जिपिए कम्तीमा २) वा सो सरह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
त्यस्तै, सकायक प्रशिक्षार्थीका लागि प्लस टू वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ भने आधारभूत कम्प्युटर तालिम प्राप्त गरेकालाई प्राथमिकता दिइनेछ ।
दरखास्त आवेदनका लागि अन्य योग्यता सूचनामा तोकेबमोजिम हुनेछ । आवेदन दिन योग्य एवम् इच्छुक व्यक्तिले आवश्यक कागजातसहित फागुन ३ गतेभित्र आवेदन दिनुपर्नेछ ।
