images
images

भारतका किसान आन्दोलित, दिल्लीमा निषेधाज्ञा


  • 406
    SHARES
  • २०८० फाल्गुण १ गते मंगलबार

    भारतका किसान आन्दोलित, दिल्लीमा निषेधाज्ञा

    काठमाडौं । दिल्ली प्रहरीले किसानहरूको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ । सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी गरिएको छ।

    दिल्ली वरपरको अन्तर–राज्य सीमानाहरूमा भारी सुरक्षा तैनाथी  गरिएको छ सयौं किसानहरू यी प्रवेश र निकास बिन्दुहरूमा चिसो जाडोको सामना गर्दै सडकहरूमा धर्नामा बसिरहेका देखिन्छन् ।

    किसानले आफ्नो बालीको न्यूनतम समर्थन मूल्य बृद्धि, किसान र कृषि मजदुरलाई पेन्सन, कृषि ऋण माफी, विगतका आन्दोलनमा  लागेका प्रहरी मुद्दा फिर्ता गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन् ।

    उनीहरुले विभिन्न राज्यका करिब २०० किसान संघले मङ्गलबार दिल्लीमा आयोजना गरिने विरोध प्रदर्शनमा भाग लिने बताएका छन् ।

    यसैबीच किसान युनियन र संघीय मन्त्रीहरूको समूहबीच समस्या समाधानका लागि वार्ता शुरु भएको बताइएको छ ।

    यसअघि २०७७ सालमा पनि भारत किसानहरु आन्दोलित भएका थिए । उनीहरुले किसान मार्च निकालेर दिल्ली पुगेर प्रदर्शन गर्दा जनजीवन प्रभावित भएको थियो ।


    images

    Logo