images
images

भारतीय सरकारले राखेको प्रस्ताव आन्दोलनरत किसानद्वारा अस्वीकार


  • 445
    SHARES
  • २०८० फाल्गुण ८ गते मंगलबार

    भारतीय सरकारले राखेको प्रस्ताव आन्दोलनरत किसानद्वारा अस्वीकार

    काठमाडौं । भारतमा आन्दोलनरत किसानहरुको संगठनले सरकारले गरेको प्रस्ताव अस्वीकार गरेको छ । हरियाणा–पञ्जाबको शम्भु सीमामा पत्रकार सम्मेलन गर्दै संगठनले केन्द्र सरकारले गरेको पाँच बालीमा मात्र न्यूनतम समर्थन मूल्य दिने प्रस्ताव अस्वीकार गरेको हो ।

    शनिबार सरकारले किसानसँग गरेको वार्तामा ५ किसिमका बालीमा न्यूनतम समर्थन मूल्य दिने प्रस्ताव गरेको थियो । तर त्यसका लागि किसानले भारतीय राष्ट्रिय कृषि सहकारी बजार महासङ्घ र भारतीय कपास कर्पोरेशनसँग पाँच वर्षे सम्झौता गर्नुपर्ने सर्त राखिएको थियो । 

    पत्रकार सम्मेलनमा किसान नेता जगजितसिंह डल्लेवालले सबै किसानसँगको छलफलपछि सरकारको प्रस्तावलाई किसान सङ्गठनले अस्वीकार गरेको बताएका छन्  । उनका अनुसार किसानहरूले २३ वटा बालीमा न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने व्यवस्था कानुनमै उल्लेख गर्नुपर्ने माग गरिरहेका छन् । 


    images

    Logo