काठमाडौं । चालु आर्थिक वर्षको माघसम्ममा ६० करोड ६१ लाख रुपैयाँभन्दा बढीको हिमाली क्षेत्रमा पाइने जडिबुटी‘यार्चागुम्बा’ निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको विवरण अनुसार माघसम्ममा ६० करोड ६१ लाख ८५ हजार रुपैयाँ बराबरमा १ हजार २४६ केजी यार्चागुम्बा नेपालबाट निर्यात भएको हो ।
भन्सार विभागका अनुसार कम्बोडिया, चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, बेलायत, अमेरिका र भियतनाममा निर्यात भएको छ । सबैभन्दा धेरै चीनमा ५५८ किलो यार्चागुम्बा निर्यात भएको छ । त्यस्तै, हङकङमा ३९९ किलो यार्चा निर्यात भएको छ ।
वैशाखदेखि असारसम्म हिमाली क्षेत्रमा संकलन हुने यार्चागुम्बा नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्ये एक हो ।