images
images

चीनले  सन् २०२४ मा १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने


  • 353
    SHARES
  • २०८० फाल्गुण १५ गते मंगलबार

    चीनले  सन् २०२४ मा १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने

    चीनले यो वर्ष करिब  १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ ।  यस योजनाबाट अन्तरिक्षका क्षेत्रमा देशको नयाँ रेकर्ड कायम हुनेछ ।  सोमबार पत्रकार सम्मेलन आयोजना गरी यस बारे सार्वजनिक जानकारी गराइएको छ ।

    प्रक्षेपणहरूमा चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण साइटबाट पहिलो उडान समावेश गरिएको बताइएको छ । चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण स्थल दक्षिण चीनको टापु प्रान्त हेनानको वेनचाङ शहरमा निर्माण भइरहेको छ।

    चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन, देशको रकेट शृङ्खला विकासकर्ता र देशको अन्तरिक्ष उद्योगको अग्रणी शक्ति, चाइना एरोस्पेस विज्ञान र प्रविधिको सन् २०२३ ब्लु बुक ९नीलो पुस्तिका० पनि सोही पत्रकार सम्मेलनमा जारी गरी यसबारे थप जानकारी दिइएको छ ।  

     


    images

    Logo